पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलको मूल्य बढेर आएको हो ।
नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर छ रुपियाँ र डिजेल प्रतिटिलरमा डेढ रुपियाँ मूल्य बढेर आएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरूले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको छ ।
हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपियाँ, डिजेल मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ, हवाई इन्धन प्रतिलिटर १६० रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।





























प्रतिक्रिया