काठमाडौं ।
अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
अभिनेता केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएको जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । केसी निकट स्राेतले पनि यसकाे पुष्टि गरेकाे छ ।
अभिनेता केसीले यसअघि चलचित्र कलाकार संघमा सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानविन गरिदिन उजुरी दिएका थिए । भुवनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै साम्राज्ञीले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन् । यी दुबैबीच पछिल्लो समय सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो ।































प्रतिक्रिया