प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ। नेप्से परिसुचकमा ०.१५ अंकले बढेर १९३१.८३ विन्दुमा आएको छ।

यससँगै ६ कम्पनीको १६० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २१ हजार ६४१ रुपैयाँको कारोबार भएको छ।

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । र एक कम्पनी स्थिर रहेको छ। यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन। 

Logo