राजनीति गर्न सिङ्गो जीवन छ, चोट लागेको बेला नुनचुक बोकेर नआउनुस्ः रवि लामिछाने

राजनीति गर्न सिङ्गो जीवन छ, चोट लागेको बेला नुनचुक बोकेर नआउनुस्ः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले छतबाट खसेर गम्भिर घाइते भएका आफ्ना सवारी चालक दिलबहादुर थापाको स्वास्थ्यवस्थामा सुधार आएको बताएका छन् ।

सोमबार बिहान भरतपुर- ११ स्थित लामिछानेको भाडाको घरको तेस्रो तलाबाट भुइँमा खसेर गम्भीर घाइते अवस्थामा भेटिएका थापाको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यसैबीच सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज बिहान  प्रिय  शम्भु भाइ( मेरो गाडी चालक)  छत बाट खसेर  दुर्घटनामा पर्नु भयो ।  CMC मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि  मैले चिकित्सक सँग  परामर्श गरे अनुसार  भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर  छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन ।’ 

सो घटना शंकास्पद रहेको भन्दै चितवन प्रहरीले अनुसन्धान पनि अघि बढाएको छ । 

तर, सभापति लामिछानेले सो घटनामा सामाजिक सञ्जालमा आफूविरुद्ध विभिन्न टिकाटिप्पणी भएको भन्दै स्तरहिन बनेर राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन् । 

‘म नेता भन्दा पहिले मानिस हुँ ।  म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति  मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा  संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।’ उनले भनेका छन् ।  

Logo