आगलागीमा १२ लाख भन्दा बढीको क्षति

आगलागीमा १२ लाख भन्दा बढीको क्षति

केन्द्रबिन्दु
0
Shares

विभिन्न स्थानमा भएको आगलागीका कारण १२ लाख भन्दा बढी नोक्सानी भएको छ । 

दाङको दंगीशरण गाउँपालिका १ कोटस्थित कोट सामुदायिक वनमा लागेको आगो बस्ती पस्दा ४२ वर्षीय डिल्ली डाँगीको कच्ची घर पूर्ण रुपमा जलेको छ । आगलागीका कारण पाँच लाख बराबरको सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

डिल्लीरामको घरसहित  २५ वटा माहुरीको घारमा पनि जलेका छन् । 

त्यस्तै दाङकै बंगलाचुली गाउँपालिका ५ रोकिनेडाँडा बस्ने भानु थापाको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा ७ लाख ५० हजार रूपैयाँ बढीको सामग्री जलेको प्रहरीले जनाएको छ । 

यता,लमजुङको बेशीशहर नगरपालिका ५ ज्यारखानामा सोमबार बिहानै  विद्युत सर्ट भई आगो लाग्दा होम बहादुर गुरुङको कच्ची घरमा पूर्ण रुपमा क्षति पुगेको छ । 

आगलागीमा अन्नपात, भाँडा,लत्ताकपडा लगायतका सबै सामग्री जलेका छन् । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा स्थानीय वनमा लागेको आगलागी नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Logo