हिमालयन शेर्पाकाे पाेष्टमा फ्रेन्ड्सकाे आधा दर्जन गाेल

हिमालयन शेर्पाकाे पाेष्टमा फ्रेन्ड्सकाे आधा दर्जन गाेल

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले समान एक एक गोल गरे ।

प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो जित हो । फ्रेन्ड्सले ८ अङ्क जोडेको छ । हिमालयन शेर्पाको ९ अङ्क छ । 

त्यसैगरी आजै भएको अर्को थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबिचको खेल गोलरहित बराबरीमा सकिएको छ । सातदोबाटोस्थित च्यासल रङ्गशालामा भएको खेलमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै थ्री स्टार र चर्च ब्वाइज क्लबले ९ खेलबाट समान १५ अङ्क जोडेका छन् ।

Logo