चीनले अमेरिकाविरुद्धको जवाफी कारबाही स्वरुप चंगडुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयले यसै साता अमेरिकाको ह्युस्टनस्थित चिनियाँ दूतावास बन्द गर्ने अमेरिकी निर्णयविरुद्ध यो जरूरी र वैध प्रतिक्रिया भएको जिकिर गरेका छन् । मन्त्रालयले भनेको छ, “चीन र अमेरिकाका बीच जारी तनावपूर्ण अवस्था चीनले चाहेको छैन । यसका लागि अमेरिका जिम्मेवार छ ।”
चंगडुमा १९८५ महावाणिज्य दूतावास स्थापना गरिएको थियो । जहाँ दुई सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन् । तिब्बत नजिक पर्ने भएकाले यो दूतावास रणनीतिक रूप महत्त्वपूर्ण मानिन्छ । बीबीसी































प्रतिक्रिया