राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान चिकित्सकले सुझाव दिएका छन् ।
सुझावअनुसार राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट बुधवार बिहान साढे ९ बजे भारतको नयाँदिल्ली लगिने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । बुधवार मात्र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँगको भेटमा पनि चिकित्सकले राष्ट्रपतिलाई थप उपचारका लागि भारत लैजानुपर्ने जानकारी गराएका थिए ।
रुस प्रस्थान गर्नुअघि बुधवार बिहान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना त्रिवि शिक्षण अस्पताल पुगेर पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । तिमल्सिनाले पौडेलको स्वास्थ्य अवस्था हेर्दा आत्तिहाल्नु पर्ने अवस्था नदेखिएको बताए तर उनलाई थप परीक्षण र उपचारका लागि भारत लैजानुपर्ने चिकित्सकले जानकारी गराएका हुन् ।































प्रतिक्रिया