नेपाली बजारमा सुनको मूल्य आज ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १० हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
साथै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँले बढेको छ। मंगलवार १४सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज १४ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ।





























प्रतिक्रिया