टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षले भरिएको नयाँ वर्ष’ नामक अफर ल्याएको छ ।
सो अफर अन्तर्गत प्रत्येक गाडीमा आकर्षक छुटसँगै एक्सचेञ्ज बोनस र एक्सचेञ्जमा उच्च मूल्याकंन गर्ने बताइएको छ । बैशाख १ गतेदेखि लागू भएको सो योजना आगामी बैशाख ३१ गतेसम्म नेपाल अधिराज्यभर लागू हुने कम्पनीले बताएको छ ।
पुराना कुनै पनि गाडीसँग नयाँ टाटा गाडी एक्सचेन्ज गर्न सकिने छ भने अन द स्पट भ्यालुएसन समेत हुनेछ । यसैगरी फ्रि जेन्युइन एसेसरिज समेत प्रदान गरिने छ भने नयाँ गाडीको खरिदमा फ्रि रोड ट्याक्सका साथै प्रत्येक टेस्ट ड्राइभ र मूल्याकंनमा आकर्षक उपहारको साथमा ३ वर्षको वारेन्टी पनि प्रदान गरिने छ ।































प्रतिक्रिया