प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला गफ हान्नेहरुको असलियत देखिएको टिप्पणी गरेका छन् ।
तनहुँमा आयोजित कार्यक्रममा मंगलबार क्याबिनेटले गरेको निर्णयलाई लिएर प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गहिरो कुरा रहेको तर्क गरेका हुन् । भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आफूले सो निर्णय लिएको उनको भनाई थियो ।
उनले भने, ‘भ्रष्टाचार र वेथिति रोक्न ठुलो कदम चालिएको छ । केही कठोर कदम चालिएको छ। हिजो अस्तिमात्रै । हिजोको मात्रै क्याविनेट निर्णय तपाईहरुले हेर्नु होला । कुरा गहिरो छ । कुरो धेरै गहिरो । ठुल ठुला गफ हान्नेहरुको असलियत के हो भन्ने कुरा हामीले देखिराखेका छौं ।’
उनले नयाँ पार्टीलाई खहरेको संज्ञा दिँदै पुराना पार्टीलाई कम नआँक्न चेतावनी दिए । ‘खहरे सुक्ने वाला छ । नदी बगीरहन्छ ।’ उनको भनाई छ ।
मंगलबार मात्रै सरकारले लामिछानेले गरेको ठेक्का सम्झौता रद्द गर्दै छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । अख्तियारले पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सो सम्झौताको छानविन थालेको छ ।































प्रतिक्रिया