एसिड प्रहार गरिएकी युवती जुजु धौ र चिउरा किनेर फर्किंदै थिइन्, घटनास्थल मकैघारी

एसिड प्रहार गरिएकी युवती जुजु धौ र चिउरा किनेर फर्किंदै थिइन्, घटनास्थल मकैघारी

केन्द्रबिन्दु
0
Shares

बिहीबार राति काठमाडौँको बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ।

ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ।  जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा उनीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ।

काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार युवतीको अनुहारमा एसिड लागेको छ। उनको अहिले  कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

एसिड हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।  युवतीले आफ्नो कोही कसैसँग रिसिवी नभएको बताएको प्रहरीले जनाएको छ। एसिड हान्ने व्यक्ति पनि अपरिचित भएको उनले बताएकी छन्। एसिड हानिएको घटनास्थलमा मकैघारी रहेको बुझिएको छ।  घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

मुलुकी अपराध संहितामा यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।

Skip This
Skip This
Logo