काठमाडौँमा युवतीमाथि एसिड प्रहार, कीर्तिपुर अस्पतालमा उपचार हुँदै

काठमाडौँमा युवतीमाथि एसिड प्रहार, कीर्तिपुर अस्पतालमा उपचार हुँदै

केन्द्रबिन्दु
0
Shares

राजधानी काठमाडौँको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । सीतापाइलामा बस्दै आएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको प्रहरीले जनाएको छ।

युवतीको घर ओखलढुंगा भएको प्रहरीले जनाएको छ। एसिड कसले हान्यो भन्नेबारे केही खुल्न सकेको छैन। टाउको र मुखमा एसिड लागेको उनको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ।

घटनाको थप अनुसन्धान भइरहेको र एसिड प्रहार गर्नेको खोजी भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए।

Logo