१४ बाणिज्य बैंकको मुनाफामा बृद्धि, नौ बैंकको मुनाफा दुई अर्ब माथि (सूचीसहित)

१४ बाणिज्य बैंकको मुनाफामा बृद्धि, नौ बैंकको मुनाफा दुई अर्ब माथि (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

२१ वटा बाणिज्य बैंकहरुमध्ये १४ वटा बाणिज्य बैंकको मुनाफा गत आवको तुलनामा बृद्धि भएको छ । सञ्चालनमा रहेको बैंकहरुमध्ये एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, लक्ष्मी बैंक, नेपाल एसबिआई बैंकको मुनाफा करिब ५० प्रतिशतले बृद्धि भएको  छ ।

आज वित्तीय विवरण प्रकाशन गरेका देशका २१ वटा बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै मुनाफा नबिल बैंकले आर्जन गरेको छ। सो बैंकले पाँच अर्ब ११ करोड मुनाफा आर्जन गर्दा ग्लोबल आइएमई बैंकले चार अर्ब ३५ करोड एनआईसी एसियाले चार अर्ब एक करोड मुनाफा आर्जन गर्न सफल भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

खुद नाफाका नबिल बैंक पहिलो हुँदा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने एनआईसी एशिया तेस्रो स्थानमा रहेको छ । हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा भने कृषि विकास बैंकको रहेको छ ।

सो बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशतले घटेको वित्तीय विवरणले औल्याएको छ ।

२१ वटा बाणिज्य बैंकहरुले चालु आवको नौ महिनामा कूल ४८ अर्ब ७० करोड भन्दा बढि मुनाफा आर्जन गरेका छन् । समग्रमा बैंकहरुको मुनाफा ११.६७ प्रतिशतले बृद्धि भएको छ ।

 

Logo