राहुल गान्धीको पुनरावेदन खारेज

राहुल गान्धीको पुनरावेदन खारेज

केन्द्रबिन्दु
0
Shares

मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । 

अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाएका थिए । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए ।  यद्यपि उनको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन । 

अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्ने उनको दलका नेताहरूले बताएका छन् । दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ । -पिटिआई

Skip This
Skip This
Logo