चितवनका मतदाताले मंसिरमा गरेको गल्ती यसपटक सच्याउनेछन् -प्रधानमन्त्री प्रचण्ड

चितवनका मतदाताले मंसिरमा गरेको गल्ती यसपटक सच्याउनेछन् -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले गत मंसिर ४ गतेको निर्वाचनमा गल्ती गरेको बताएका छन् । 

चितवन २ को उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार जीत नारायण श्रेष्ठका लागि गठबन्धन दलहरुको चुनावी सभामार्फत मत माग्दै प्रधानमन्त्री प्रचण्डले यसपटक चितवन २ का वासिन्दाले उक्त गल्ती सच्याउने विश्वास व्यक्त गरेका हुन् ।  

चितवनको कालिकामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको प्रभावलाई खहरेको संकेत दिए । उनले खहरेसंग डराउन आवश्यक नभएको बताउँदै काँग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन नारायण नदी जस्तो भएको दावी गरे । 

प्रधानमन्त्री प्रचण्डले आफूलाई नेकपा एमालेसंग भन्दा पनि काँग्रेससंग सरकार चलाउनु सहज भएको पनि चर्चा गरे । 

Skip This
Skip This
Logo