चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लक्ष्मी बैंकको नाफामा ४७.३१प्रतिशतले वृद्धि भएकाे छ ।
यसअवधिसम्ममा बैंकको खुद नाफा १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यसैअवधिमा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी ६४.०७% ले बढेर ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष यसैअवधिमा यसले २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा पनि ५७.६१% ले बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १ अर्ब २६ करोड रुपैयाँ भन्दा धेरै थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७ पैसाले बढेर १४ रुपैयाँ ६१ पैसा पुगेको छ ।
































प्रतिक्रिया