स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड

स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड

केन्द्रबिन्दु
0
Shares

तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ। तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । 

गाडी तोडफोड भएबारे शुक्रबार बिहान सवा ६ बजे मात्रै प्रहरीले सूचना पाएको थियो। सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.कको टोली घटनास्थल पुगेको थियो। इन्सपेक्टर वि.कका अनुसार गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेकाे र गाडिको साइडसाइडका सिसा फुटेको जानकारी दिए। 

Logo