एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध खाता नखोली २ विकेट गुमाएको नेपालले त्यसपछि विस्तारै सम्हालिएको प्रदर्शन गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।भीम सार्की र कप्तान रोहित पौडेलले नेपालका लागि शुरूआती ५० रनको साझेदारी गरेका छन् ।
१६ ओभरको क्षतिमा नेपालले २ विकेट गुमाएर ५३ रन जोडेको छ । भीम ३१ र रोहित २२ रन बनाएर खेलिरहेका छन् ।































प्रतिक्रिया