नेपाली बजारमा सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोवार भएको सुन एक लाख १० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
साथै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया