‘कर्णालीको विकासका निमित्त हामी अग्रसर र प्रतिबद्ध छौँ’

‘कर्णालीको विकासका निमित्त हामी अग्रसर र प्रतिबद्ध छौँ’

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम वर्तमान गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

हरेक दृष्टिकोणबाट पछि यी प्रदेशको रूपान्तरणका निमित्त आफू र प्रधानमन्त्री पुष्पकलम दाहाल (प्रचण्ड) सकारात्मक रहेको खड्काको भनाइ छ ।
खड्काले भने,‘चुनावको बेलामा प्रचण्ड र मैले सँगै कर्णालीका जिल्लाहरूमा चुनावी सभालाई सम्बोधन गरेका थियौँ,अहिले त्यही अनुसार हामी कर्णालीको विकासका निमित्त हामी अग्रसर र प्रतिबद्ध छौँ ।’ 

शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामहरूको अनुगमन  गर्ने तयारी भइरहेको बताए ।

Logo