आइएमई ग्रुपअन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब ग्राहकवर्गले नेपालका विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको छ।
आइएमई पेले सुरुवातदेखि नै केबल कारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रागिरी केबल कारबाट सुरुवात गरिएको सो केबलकार टिकेटिङ् अन्तर्गत आइएमई पेबाट चन्द्रागिरी, मनकामना, अन्नपूर्ण र मौलाकालीका केबल कारको टिकट काट्न सकिने कम्पनीले जनाएको छ ।
आइएमई पेको यात्रा सेवामा केबल कारभित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्नेछन् ।





























प्रतिक्रिया