अर्थप्रधान अनलाइन पत्रिका केटिएम भ्वाइस डटकमले वार्षिकोत्सव मनाएको छ । कम्पनीले आफ्नो कम्पनी सुरु भएको पहिलो वर्षको उपलक्ष्यमा शुक्रबार जमलस्थित एलो प्यागोडामा आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कम्पनीले उक्त कार्यक्रममा ‘अर्थ परिदृश्य’ नामक पुस्तक विमोचन समेत गरेको छ ।
वार्षिकोत्सवमा उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले राजनीति परिवर्तनलाई राजनीति कै क्षेत्रमा मात्र सीमित राख्न नहुने बताएका छन् ।
उनले राजनीति परिवर्तन र उपलब्धिलाई विकासको माध्यमका साधन बनाएर लानुपर्ने बताए ।
त्यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उत्पादन मुलक अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा वोल्दै केटिएम भ्वाइसका सञ्चालक तथा सम्पादक रोयल आचार्यले २ दशकभन्दा बढी अरु मिडियामा गरेको र कति अरुमा मात्र काम गर्नु अब आफैले आर्थिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने उदेश्यले आफ्नै मिडिया सञ्चालन गरेको उनको भनाई छ । उनले एक वर्षसम्म सोचेँभन्दा राम्रो सफलता हात पारेको समेत बताएका छन् ।





























प्रतिक्रिया