आइएमई पेमा पहिलाेपटक क्युआर भुक्त्तानी गर्ने ग्राहकलाई २५ रुपैयाँ क्यासब्याक

आइएमई पेमा पहिलाेपटक क्युआर भुक्त्तानी गर्ने ग्राहकलाई २५ रुपैयाँ क्यासब्याक

केन्द्रबिन्दु
0
Shares

आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” ले पहिलाेपटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकवर्गलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्नु हुने ग्राहकवर्गले “FIRSTQR” प्रोमोकोड प्रयोग गरी रु २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी ljB'tLo भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तिय साक्षरता प्रदान गर्ने उदेश्यले सुचारु गरिएको कम्पनीले जनाएकाे छ । 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक ljB'tLo भुक्तानी सेवा प्रदायक हो।

Logo