उपनिर्वाचनपछि नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रन्छ- झलनाथ खनाल

उपनिर्वाचनपछि नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रन्छ- झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकिकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा आज जनकपुरधाम पुगेका सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

 नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे ।उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए ।

उपनिर्वाचनपछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए।
 

Logo