काठमाडौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुको भेट भएको हो । भेटमा देउवाले प्रधानमन्त्री ओलीलाई कोरोना र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।
कोरोना संक्रमितको पिसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न देउवाले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । क्वारेन्टाइनहरु अझै पनि मापदण्डयुक्त बनाउन नसकेको भन्दै यस तर्फ पनि सरकारले ध्यान दिनु पर्ने देउवाको जोड थियो ।
विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तीव्रता दिन पनि देउवाले आग्रह गरे ।































प्रतिक्रिया