मोदी इनर्जीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्कासन गर्ने भएको छ। यस आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपिओ जारी गर्न लागेको छ। जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार कित्ता बाँडफाँट गरिसकेको छ।
त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ। यसैगरि, बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले उक्त आईपिओ निष्कासन गर्न लागेको हो ।
यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।





























प्रतिक्रिया