नयाँ वर्ष २०८० लाई लक्षित गर्दै चेरी ब्राण्डको आधिकारीक वितरक एसपीजी अटोमोवाइलले विशेष छुटको अफर ल्याएको छ ।
यस अफरअन्तर्गत चेरी ब्राण्डका एसयूभीहरुको खरिदमा ग्राहकहरुले ६ लाख ८५ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । जसमा ग्राहकले ४ लाख ५० हजार रुपैयाँसम्म नगद छुट, १ लाख २५ हजारसम्म एक्सचेन्ज वोनस, एक वर्षको बीमा र एक वर्षसम्मको सवारी कर निशुल्क पाउनेछन् ।
साथै ग्राहकले यी एसयूभीमा ३ वर्षको वारेन्टि र ३ वर्षसम्मको निशुल्क सर्भिसिङ पाउने कम्पनीले जनाएको छ ।
हाल नेपाली बजारमा कम्पनीले टिगो ७ प्रो, टिगो ४ प्रो र टिगो ८ प्रो विक्री गर्दै आएको छ ।





























प्रतिक्रिया