प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचमा आज बिहान भेटवार्ता भएको छ। यसअघि गएको शुक्रबार प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीसँग पनि सिंहदरबारमा भेट गरेका थिए। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री र काँग्रेस सभापति देउवाबीचको भेटमा काँग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए।

प्रधानमन्त्रीले टिआरसी विद्येयकदेखि संवैधानिक परिषद्का बैठकसम्मका लागि सत्तापक्ष र प्रतिपक्षको एकमत बनाउन पछिल्लो समयमा लागिपरेका छन्।

Logo