बारामा मतपेटिकाको सिल टुटेको भेटियो, मतगणनास्थलको लाइभ हुनुपर्छ : सिके राउत

बारामा मतपेटिकाको सिल टुटेको भेटियो, मतगणनास्थलको लाइभ हुनुपर्छ : सिके राउत

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बारामा चारवटा मतपेटिकाको सिल टुटेको भेटिएको दावी गरेका छन्। राउतले बारा -२ मा सुवर्ण गाउँपालिकाका  ४ वटा मतपेटिकाको सिल तोडिएको अवस्थामा भेटिएकाले मतगणनास्थलको लाइभ हुनुपर्ने माग गरेका  छन्।

उनले  सामाजिक सञ्जालमा लेखेका छन्: 'बारा-२ को मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी -२ मा हामीले भोगिसकेका छौँ,हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोशिस गरेका थिए। प्रहरी प्रमुखको मिलेमतो थियो नै। बारा-२ मा सुवर्ण गा.पा का ४ वटा बाकसको सिल टुटेको भेटिएको छ।'

बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा,एमालेका पुरुषोत्तम पौडेल,रास्वपाका रमेश खरेल,आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

Logo