बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज जारी छ ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लिए पनि अहिले कुशवाहाले अग्रता कायम गरेका हुन् ।
पछिल्लो मत परिणामअनुसार जनमतका कुशवाहाले ६२८ मत पाएका छन् भने जसपाका यादवले ५७१ मत पाएका छन् । साथै नेकपा (एमाले)का पुरुषोत्तम पौडेल ५१० मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत ल्याएर चौथो स्थानमा छन् ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् ।































प्रतिक्रिया