बारा-२ मा उपेन्द्रले कटाए १० हजार मत, एमाले र रास्वपा धेरै पछि

बारा-२ मा उपेन्द्रले कटाए १० हजार मत, एमाले र रास्वपा धेरै पछि

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ रहेकाे छ । 

पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । यादवले १० हजार १९९ मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले पछ्याइरहेका छन्। उनले  ६ हजार ८०६ मत पाएका छन् । 

साथै  नेकपा एमालेका पुरुषोत्तम पौडेल  ४ हजार ११  मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका  रमेश खरेलले एक हजार ४ सय ५१ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Logo