लिभरपुलको सानदार जीत

लिभरपुलको सानदार जीत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लिभरपुलले बुधबार एनफिल्डमा इंग्लिस प्रिमियर लिगको ट्रफी उचालेको छ । गए रातिको खेलमा उसले चेल्सीसँग ५–३ को रोमाञ्चक जीत निकालेको छ । खेलको पहिलो हाफमा लिभरपुलका लागि नेबी केइटा, ट्रेन्ट एलेक्जान्र आर्नोल्ड र जर्जिनोले गोल गरेका थिए ।

ओलिभर जिरोडले एक गोल फर्काए यता रोबर्टो फिरमिनोले चौथो गोल गरे । चेल्सीका लागि टामी अब्राहिम र क्रिस्टियन पुलिसिचले दुई गोल गरे । तर एलेक्स अक्सले च्याम्बरलिनले लिभरपुलका लागि पाँचौं गोल गर्दै जीत निश्चित गरे । लिभरपुलले लिगमा खेलेका १९ खेलमध्ये १८ मा विजयी रह्यो ।

जीतसँगै लिभरपुलको ९६ अंक भएको छ । लिभरपुलले अन्तिम खेल आइतबार न्युकासल युनाइटेडसँग खेल्नेछ ।

चेल्सी भने ६३ अंकसहित चौथो स्थानमा छ । उसलाई युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन एक अंक मात्र आवश्यक हुनेछ । यसअघि अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामसँग १–१ को बराबरी खेलेको थियो ।

Logo