चितवन -२ बाट रवि लामिछाने भारी मतान्तरसहित फेरि निर्वाचित, तोडे आफ्नै रेकर्ड

चितवन -२ बाट रवि लामिछाने भारी मतान्तरसहित फेरि निर्वाचित, तोडे आफ्नै रेकर्ड

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। 

अन्तिम मत परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए । साथै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएका छन्। उनीहरूबीचको मतान्तर  ४३ हजार बढी छ। त्यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९३६  मतसहित तेस्रो बने।

चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए ।

गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत विजयी लामिछानेले त्यतिबेला ४९ हजार दुई सय ६४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गरेका थिए । 

गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनमा ८४ हजार सात सय ५३ मत खसेको थियो ।  त्यसमध्ये ८३ हजार नौ सय ५६ सदर मत थियो । उक्त समयमा एक लाख २४ हजार दुई सय १५ मतदाता रहेका थिए । मङ्सिरमा १० दल र छ  स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए भने यसपाली १२ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए । 

चितवन क्षेत्र नं–२ मा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वडा पर्छन् । 

Skip This
Skip This
Logo