मतगणना नसकिँदै बारा -२ मा एमालेका पुरुषोत्तम पौडेलले स्विकारे हार

मतगणना नसकिँदै बारा -२ मा एमालेका पुरुषोत्तम पौडेलले स्विकारे हार

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पछि परेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई धन्यवाद दिएका छन् । 

उम्मेदवार पौडेलले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई मतदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।  ‘निर्वाचन प्रचारको क्रममा क्षेत्र भरिका आदरणीय जनसमुदायसँग मत मागियो, नेकपा एमालेको तर्फबाट सफल निर्वाचन प्रचार अभियान चलाइयो । ठुलो संख्यामा मतदाताहरुसँग भेटघाट गरियो । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओली स्वयंम चुनावी कार्यक्रममा सहभागीता जनाउनु भयो । फेरि पनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन र अझ मेहनत गर्न भनिरहेको अवस्था छ,’ पौडेले भनेका छन् ।

‘अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाटकाँट देखिएको छैन । यो उपनिर्वाचनले जे जस्तो परिणाम दिए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिवाट आएको जनादेशलाई स्वीकार गर्दछौ र आफुलाई समीक्षा गरेर जुन सुकै अवस्थामा पनि आफ्नो जिम्वेवारीबाट पछि हट्दैँनौ । हामी आफुमा रहेका कमी कमजोरी हटाउदै आफैलाई पुनर्गठित गरेर अघि बढ्न संकल्पवद्ध छौ ।’ उनले फेसबुक लेखेका छन् ।

जारी मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेका पौडेलले ४ हजार ७९३ मत ल्याएका छन् । उनी भन्दा अगाडि जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमतका शिवचन्द्र प्रसाद कुशवाहा रहेका छन् । यादवले अहिलेसम्म १४ हजार १८० मत ल्याएका छन् भने उनलाई जनमत पार्टीका उम्मेदवार कुशवाहाले ९ हजार ३२६ मतका साथ पछ्याइरहेका छन्। 

Logo