बारा -२ मा उपेन्द्र यादवले बढाए अग्रता

बारा -२ मा उपेन्द्र यादवले बढाए अग्रता

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

सार्वजनिक पछिल्लो मत परिणामअनुसार जसपाका अध्यक्ष यादवले १७ हजार ३९३ मत पाएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १२ हजार १९० मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीच झण्डै ५ हजारको मतान्तर रहेको छ ।  

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार कटाएका छन् । उनले ५ हजार ३१५ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले दुई हजार १४० मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले एक हजार ९७० मत पाएका छन् ।
 
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो । 

Logo