बुधबार सेयर बजार राताम्मै

बुधबार सेयर बजार राताम्मै

केन्द्रबिन्दु
0
Shares

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार राताम्मै भएको छ । 

मंगलबार १७.३६ अंकले बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको हाे । नेप्से आज परिसूचक १३.६८ अंकले घटेर १८९२ को विन्दुमा झरेको छ । बुधबार सबै उपसूचकहरु ओरालो लागेको छ । 

२६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर कारोबार हुँदा ८४ करोड ७० लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । 

सबैभन्दा धेरै सिवम सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरि तारागाँउ रेजेन्सी होटलको ३ करोड ९० लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । 

यसैगरि बुधबार जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था ३.२५ प्रतिशत, कुमारी इक्विटी फण्ड २.५१ प्रतिशत, एनआइसि एशिया सेलेक्ट फण्ड २.३० प्रतिशत, उपकार लघुवित्त वित्तिय संस्थाको २.२७ प्रतिशत, ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको २.१८ प्रतिशतले मूल्य घटेको छ । 

Logo