सम्पत्तिको आधारमा ग्लोबल आइएमई, नबिल नेपाल इन्भेष्टमेन्ट, मेगा बैंक अगाडि (विवरणसहित)

सम्पत्तिको आधारमा ग्लोबल आइएमई, नबिल नेपाल इन्भेष्टमेन्ट, मेगा बैंक अगाडि (विवरणसहित)

केन्द्रबिन्दु
0
Shares

सम्पत्तिको आधारमा ग्लोबल आइएमई, नबिल नेपाल इन्भेष्टमेन्ट, मेगा बैंक अगाडि देखिएका छन् । यी तीन बैंकको कुल सम्पत्ति साढे ४ खर्ब माथि छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुको कुल सम्पत्ति ५ खर्ब ९१ अर्ब ५० करोड ८८ लाख रुपैयाँ नाघेको छ । जुन गत आवको तेस्रो त्रैमासको अवधिमा ६.१५ प्रतिशतले बढी हो ।

गत आवको समिक्षा अवधिमा बैंकहरुको कुल सम्पत्ति ५ खर्ब ५७ अर्ब २३ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।चालु आवको चैत मसान्तसम्मको विवरण अनुसार सबैभन्दा धेरै ग्लोबल सम्पत्ति आइएमई बैंकको छ । बैंकसंग कुल ५ खर्ब ५ अर्ब ७४ करोड ६१ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

यो गत आवको चैत मसान्तसम्मको तुलनामा भने १ खर्ब ५३ अर्ब ८३ करोड ६५ लाख रुपैयाँ अर्थात ४३.७१ प्रतिशतले बढेको हो । ग्लोबलले बैंक अफ काठमाण्डूलाई प्राप्ति गरेपछि सम्पत्ति थप भएको हो । गत आवको चैत मसान्तसम्ममा बैंकसंग ३ खर्ब ५१ अर्ब ९० करोड ९६ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल बैंक भने सम्पत्तिको आधारमा दोस्रो स्थानमा छ । चालु आवको तेस्रो त्रैमासम्ममा बैंकसंग ४ खर्ब ४३ अर्ब २२ करोड ५५ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा बैंकको सम्पत्ति करिव डेढ खर्ब अर्थात ४७.४८ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकसंग ३ खर्ब ५२ करोड २० लाख रुपैयाँ सम्पत्ति थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसंग ४ खर्ब ४२ अर्ब २८ करोड ७५ लाख रुपैयाँ कुल सम्पत्ति छ । जुन, गत आवको तेस्रो त्रैमासको तुलनामा २ खर्ब ४ अर्ब ५६ करोड ४५ लाख अर्थात ८६ प्रतिशतले बढी हो । बैंक केही समयअघि मेगा बैंकसंग मर्ज भएको थियो । मर्जरपछि नै बैंकको कुल सम्पत्ति बढेको हो ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न  वित्तीय उपकरणहरुलाई लिने गरिन्छ । 

खुद नाफामा नबिल पहिलो, सेकेन्ड पोशिजनमा ग्लोबल आइएमई

खुद नाफाको आधारमा नबिल बैंक पहिलो स्थानमा छ । चालु आवको तेस्रो त्रैमासमा नबिलले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

कुल सम्पत्तिको आधानरमा पहिलो नम्बरमा रहेको ग्लोबलले चालु आवको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा १६.९६ प्रतिशतले बढी हो । 
यस्तै, चालु आवको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

खुद ब्याज आम्दानी पनि नबिलको धेरै
चालु आवको ९ महिनामा खुद ब्याज आम्दानी पनि नबिल बैंककै धेरै छ । बैंकले गत आवको समिक्षा अवधिको तुलनामा ८४ प्रतिशतले खुद ब्याज आम्दनी बढाएको छ। 

यस्तै, ग्लोबल आइएमईले भने ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनाम भने ५९ प्रतिशले बढी हो । 

ग्लोबल आइएमईको चुक्ता पुँजी धेरै

चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको धेरै छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ छ। बिओकेलाईलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी ५० प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजीको आधारमा भने एनआईएमबि दोस्रो नम्वरमा छ । बैंकले गत आवको तेस्रो त्रैमासको तुलनामा ८६ प्रतिशतले वृद्धि गरि ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ । मेगा बैंकसंग मर्जभएकाले नै बैंकको पुँजी वृद्धि भएको हो ।

यता, अन्य सूचकहरुमा अब्बल मानिएको नबिल बैंकको चुक्ता पुँजीको आधारमा भने तेस्रो पोजिशनमा छ । बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ ।

जगेडा कोषका आकार नबिलको बलियो

तीन धनि बैंकहरुको जगेडा कोषमा भने नबिल बैंक बलियो देखिएको छ। बैंकले जगेडा कोषमा २५ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ राखेको छ । दोस्रोमा रहेको २३ अर्ब ८९ करोड ६५ लाख र ग्लोबल आइएमईको १९ करोड ६ लाख ५५ लाख रुपैयाँ छ । गत आवको तेस्रो त्रैमासको तुलनामा यी बैंकहरले क्रमशः ६६ प्रतिशत र ९४ प्रतिशतले वृद्धि भएको हो ।

वितरणयोग्य नाफा नबिलकै धेरै

वितरण योग्य नाफा पनि नबिल बैंककै धेरै छ । चालु आवको तेस्रो त्रैमासमा बैंकको यस्तो नाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ बढी छ ।
यस्तै, ग्लोबल आइएमई बैंकको ९६ करोड २६ लाख रुपैयाँ छ । तर, एनआइएमबिको भने ऋणात्मक देखिएको छ । समिक्षा अवधिमा एनआईएमबिको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ९६ लाख रुपैयाँ ऋणात्मक छ ।

नबिल बैंककै इपिएस धेरै

तीन बैंकमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (इपिएस) नबिल बैंककै देखिएको छ । बैंकको यस्तो आम्दानी २५ रुपैयाँ २१ पैसा छ । यस्तै, ग्लोबल आइएमई बैंकको १७ रुपैयाँ र एनआईएमबिको १५ रुपैयाँ २० पैसा रहेको छ ।

निक्षेप संकलन र कर्जा लगानीमा ग्लोल आइएमई अगाडि

तेस्रो त्रैमासम्ममा निक्षेप संकलन र कर्जा लगानीको आधारमा ग्लोबल आइएमई बैंक अगाडि देखिएको छ ।बैंकले ४ खर्ब ९ अर्ब ८८ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ६२ अर्ब ८ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै, नबिलले भने ३ खर्ब ६३ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । समिक्षा अवधिमा बैंकले ३ खर्ब २३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता, एनआइएमबिले भने ३ खर्ब ५० अर्ब १९ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ११ अर्ब २४ करोड ८६ लाख रुपैयाँ कर्जाृ लगानी गरेको छ । समिक्षा अवधिमा तीन बैंकमध्ये ग्लोबल आइएमई बैंकको खराब कर्जा धेरै देखिएको छ ।

Skip This
Skip This
Logo