अध्यक्ष ओलीमाथि आक्रमणको प्रयासपछि एक्सनमा उत्रियो युवा संघ

अध्यक्ष ओलीमाथि आक्रमणको प्रयासपछि एक्सनमा उत्रियो युवा संघ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर भएको ढुंगामुढा लगायतका अराजक गतिविधिको घोर विरोध छ । 

युवा संघका अध्यक्ष क्षितिज थेबेले आज एक विज्ञप्ती जारी गर्दै सो आक्रमणको घोर निन्दा गर्दै घटनामा संलग्न दोषीहरुलाई यथाशिघ्र पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका हुन् । 

‘जनताको मुर्छित भएका सपनालाई जागृत गर्ने र जागृत सपनालाई सफलीभूत पार्न अहोरात्र खटिरहनु भएका श्रद्देय अध्यक्षमाथिको आक्रमणको घोर निन्दा गर्दै यस किसिमको अराजक गतिविधीको राष्ट्रिय युबा संघ नेपाल सशक्त प्रतिवाद गर्न वाध्य हुनेछ । त्यसको तयारीमा रहन सम्पुर्ण कमरेडहरुलाई संघ निर्देशन गर्दछ ।’  विज्ञप्तीमा भनिएको छ । 

बुधबार झापाको बुद्धशान्ति गाउँपालिकाले अध्यक्ष ओलीसँग आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएकोप्रति विरोध गरिरहेको समूहबीच झडप भएको थियो । सो घटनाबारे प्रतिनिधि सभा बैठकमा एमालेले सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको भन्दै आपत्ति जनाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ पनि दिइसकेका छन् । 

एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा भएकाे झडपबारे गृहमन्त्रीले दिए जवाफ

Logo