संसारको यस्तो ठाउँ जहाँ पाहुना सत्कारमा पत्नीसंग शारीरिक सम्बन्ध राख्न दिइन्छ

संसारको यस्तो ठाउँ जहाँ पाहुना सत्कारमा पत्नीसंग शारीरिक सम्बन्ध राख्न दिइन्छ

केन्द्रबिन्दु
0
Shares

नेपाल मात्रै होइन, विश्वमा यस्ता धेरै देश छन् जहाँका अनौठा परम्परा र चलनहरु प्रायः चर्चाको विषय बनिरहन्छन् । कतिपय चलनहरु त पत्याउनै नसकिने तथा अस्वभाविक लाग्छन्। आज हामी अफ्रिकाका हिम्बा जनजातिहरूका अनौठा चलनहरुको बारेमा चर्चा गर्दैछौँ, जहाँ श्रीमानले आफ्नी श्रीमतीलाई घरमा आएका पाहुनासँग शारीरिक सम्बन्ध राख्न अनुमति दिन्छन् र यहाँ महिलाहरुहरू एक दिन मात्र नुहाउँछन् र त्यो पनि विवाहको दिन। यसो हुनुको कारण के हो र हिम्बा जनजातिका अन्य परम्पराहरू के-के छन् जानौं-

हिम्बा जनजातिका अनौठा चलन

हिम्बा जनजाति अफ्रिकी देश नामिबियाको कुनने प्रान्तमा बसोबास गर्दछन् । यो क्षेत्र संसारको सबैभन्दा सुख्खा क्षेत्र मध्ये एक हो। हिम्बा जातिका महिलाहरूले जीवनमा एक दिन मात्र नुहाउने र त्यो पनि विवाहको दिनमा नुहाउने चलन छ। यहाँ पानीको चरम अभावका कारण यस्तो भएको हो । तर, जीवनभर ननुहाए पनि उनीहरुको शरीरमा दुर्गन्ध भने आउँदैन । उनीहरुले तेलमा खनिजको धुलो मिसाएर विशेष प्रकारको लेप प्रयोग गर्छन् । यहाँका महिलाहरूले प्रयोग गर्ने लेप गन्ध मेटाउन मात्र होइन अन्य धेरै कामका लागि पनि प्रयोग गरिन्छ। यो विशेष लेपले छालालाई सूर्यको किरण,कीरा र माइटहरूबाट जोगाउँछ । यसले महिलाको अनुहार चम्किलो बनाउँछ, जसका कारण उनीहरुको अनुहार उज्यालो देखिन्छ । हिम्बा जनजातिका महिलाहरूले शरीरमा जडिबुटीको धुवाँ  पनि लगाउँछन्। हिम्बा जनजातिका महिलाहरूलाई अफ्रिकामा सबैभन्दा सुन्दर मानिन्छ। नामिबियामा हिम्बा जनजातिको संख्या करिब ५० हजार छ । 

पाहुनाको आतिथ्यमा श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न अनुमति

यहाँका मानिसहरूले पाहुनाको आतिथ्यताका लागि आफ्नी श्रीमतीसँग यौनसम्पर्क गर्ने अनुमति दिन्छन्। घरमा पाहुना आएको बेला घरका पुरुषहरु अर्को कोठामा अथवा  घर बाहिर सुत्छन् । हिम्बा जनजातिका पुरुष र महिलालाई अन्य व्यक्तिसँग एकभन्दा बढी सम्बन्ध राख्ने स्वतन्त्रता छ।

Skip This
Skip This
Logo