काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कर्मचारीसँगको कार्य सम्पादन सम्झौता प्रगति हप्ता दिन भित्र पेश गर्न निर्देशन दिएका छन् ।
बुधवार मन्त्रालयमा गत आर्थिक वर्षको प्रगति समीक्षा तथा चालु आ.वको कार्यक्रमको बारेमा भएको छलफलमा मन्त्री भट्टराईले गत आवमा मन्त्रीसँग भएको सम्झौता अनुसारका कार्य सम्पादन करारको प्रगति पेश गर्न मन्त्रालका सचिवलाई निर्देशन दिएका हुन् ।
मन्त्रालयका अन्य शाखा अधिकृतले, उपसचिवसँग उपसचिवले सहसचिवसँग र सहसचिवले सचिवसँग, सचिवले मन्त्रीसँग गरेको कार्य सम्पादन सम्झौता अनुसारका कार्य प्रगति पेश गर्न सवैलाई निर्देशन दिए ।
गत आवमा मन्त्रीले प्रधानमन्त्रीसँग गरेको सम्झौता आधारमा प्रगति प्रतिवेदन पेश गर्ने मन्त्री भट्टराईले बताए । उनले सवैसँग हप्ता दिन भित्रमा बार्षिक कार्य सम्पादन सम्झौता गर्ने समेत बताए ।
मन्त्री भट्टराईले प्रत्येक महिनाको पहिलो हप्ता मासिक प्रगति समीक्षा र आउँदो महिनाको योजना पेश गर्न सबैलाई निर्देशन दिदै आन्तरिक बजेट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट सञ्चालन हुने निकाय र विकास समितिहरुलाई बजेट तथा कार्यक्रम साउन भित्र पास गर्न निर्देशन दिए ।
मन्त्री भट्टराईले आउँदो साउन १५ देखि होटल तथा रेष्टुरा खुल्ने हुँदा स्वास्थ्य र सुरक्षा सम्बन्धि सावधानी अपनाउन सबै सरोकारबालाहरुसँग १० गते भित्र समुहगत छलफल गरी उपत्यकाका लागि पर्यटन विभाग, पर्यटन बोडले अनुगमन संयन्त्र निर्माण गर्नु पर्ने साथै प्रदेशस्तरमा प्रदेश मन्त्रालयको नेतृत्वमा अनुगमन संयन्त्र बनाउनको लागि अनुरोध गर्ने निर्देशन दिए ।





























प्रतिक्रिया