सिट्रोन इन्डियाले आफ्नो नयाँ सी३ एयरक्रस एसयूभीको ग्लोबल डेब्यु गराएको छ । सो एसयूभी सिट्रोनको भारतमा उपलब्ध हुने चौथो एसयूभी हो ।
यसअघि सिट्रोनले सी५ एयरक्रस, सी३ र इलेक्ट्रिक ईसी३ बजारमा उपलब्ध गराइसकेको छ ।
सीएमपी मोडुलर प्लेटफर्ममा आधारित यस एसयूभीमा १.२ लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन उपलब्ध हुनेछ । सो इन्जिनले ११० बीएचपीको पावर र १९० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुने छ ।
भारतमै डिजाइन र विकास गरिएको यसको ९० प्रतिशतसम्म स्थानीयकरण गरिएको छ । यो ४.३ मिटर लामो छ भने २०० एमएम ग्राउन्ड क्लियरेन्स छ । सिट्रोनका अन्य गाडी जस्तै फ्रन्टमा यसको लोगो ग्रिलसँग इन्टिग्रेट गरिएको छ, जुन क्रोम र पियानो ब्ल्याक इन्सर्टसँग रिप्लेट भएर टु लेयर डिजाइनमा उपलब्ध छ ।
सो एसयूभीमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ, जसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले, फुल्ली डिजिटल ड्राइभर डिस्प्ले, डे नाइट आईआरभीएम, रुफ माउन्टेड रियर एसी भेन्ट सहितको म्यानुअल एसी र क्रुज कन्ट्रोल उपलब्ध छ भने बुट स्पेसलाई बढाएर ५११ लिटर सम्म गर्न सकिने छ ।
सुरक्षाका सम्बन्धमा नयाँ सी३ एयरक्रस एसयूभीमा धेरै फिचर उपलब्ध छन् । यसमा ६ वटा सम्म एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियरभ्यु क्यामेरा, ईबीडीका साथ एबीएस र रियर पार्किङ सेन्सर राखिएका छन् ।
यसलाई छिट्टै नै भारतीय बजारमा लन्च गरिने बताइएको छ । सोही समयमा मूल्य पनि तोकिने छ । यसले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, फक्सवागन टाइगुन १.० र स्कोडा कुशाक १.० सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।































प्रतिक्रिया