नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राज्यले अर्थतन्त्रको विषयमा ओरालो लाग्ने हर्कतहरु गरेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा नेकपा (एमाले)ले आयोजना गरेको देशको शान्ति सुरक्षाको अवस्था विषयक पत्रकार सम्मेलनमा उपमहासचिव रिमालले अर्थतन्त्रको सवालमा देश उल्टो बाटो हिँडिरहेको दावी गरेका हुन् ।
उनले भने, ‘एउटा शीर्ष नेताले ठूला दलका नेतालाई अनावश्यक ढंगले अवरोध सिर्जना गर्ने, संविधानले दिएको हकलाई कुण्ठित गर्ने, भयको आतंक सिर्जना गर्ने गरेको छ । राजनीतिक अस्थिरता त एउटा विन्दुमा गएर फर्काउन सकिएला तर मुलुकको अर्थतन्त्र अझै ओरालो लाग्ने किसिमले हर्कतहरु भईरहेका छन् । राज्य यस मामिलामा उल्टो बाटो हिडिरहेको छ । १ अर्ब २० खर्ब भन्दा बढि भुक्तानी गर्नै बाँकी छ ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासविरुद्ध राज्यले केही गर्न नसकेको पनि उनको गुनासो छ ।





























प्रतिक्रिया