कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ,ब्रोकाउली ९० रुपैयाँ,सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी(माछो) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।
हिजोको तुलनामा हरियो खुर्सानीमा १० रुपैयाँ बढ्दा स्थानीय काउलीको मूल्यमा ५रुपैयाँ प्रतिकेजी गिरावट आएको छ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ, (राजमा)घिउ सिमी ९० रुपैयाँ, घिउ सिमी लोकल ३५ रुपैयाँ, तितो करेला ४० रुपैयाँ,लौका ३० रुपैयाँ,लोकल परवल ६० रुपैयाँ,हरियो फर्सी ३० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, बरेला ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैइरहेको छ ।
हिजोको तुलनामा तिते करेला,लोकल परवल र बलेला प्रतिकेजी १० रुपैयाँले घट्ला हरियो फर्सीमा पाँच रुपैया बढेको छ ।
त्यस्तै, चमसूरको साग आज ११० रुपैयाँ, तोरीको साग ४०, पालुंगो साग ११० रुपैयाँ र हरियो प्याज ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ पुगेको छ ।
काक्रो ११० रुपैयाँ, हरियो धनीयाँ ४० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ,तोफु १९० रुपैयाँ डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ ।
फलफूलमा फूजी स्याउ २२५, कागती २२०,हरियो अंगुर १२०, भारतीय सुन्तला १५०, अनार २२५ र मौसम १८०,केरा दर्जनको १७०, तरबुजा ३५, आभोकाडो ५०० ,किवि ४००, अमला १२०,तथा नेपाली मेवा ६० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।































प्रतिक्रिया