पर्साकाे इहाटीस्थित स्थानीयको खेतबाट सट गठनका कार्टिज फेला

पर्साकाे इहाटीस्थित स्थानीयको खेतबाट सट गठनका कार्टिज फेला

केन्द्रबिन्दु
0
Shares

पर्साको बिन्दवासीनी गाउँपालिका-३ स्थित इटाही ईलाकाबाट १२ बोर सट गन फायरवाला १७ र फायर नभएको  १२ वटा कार्टिज बरामद गरिएकाे छ । 

सशस्त्र प्रहरी बलको पर्सास्थित १३ नं. गणले कार्टिज बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार कार्टिज इहाटीस्थित स्थानीयको खेतमा बेवारीसे अवस्थामा फेला परेको थियो।

घटना स्थलबाट सशस्त्रले कार्टिजसँगै सट गनमा प्रयोग हुने तीन वटा सलिङ, राउण्ड राख्ने बिन्दुली २ वटा समेत बरामद गरेको छ । बरामद कार्टिजसहितका सामाग्री थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।

Skip This
Skip This
Logo