नेपाललाई १० कराेड डलर ऋण सहयोग गर्ने विश्व बैंकको निर्णय

नेपाललाई १० कराेड डलर ऋण सहयोग गर्ने विश्व बैंकको निर्णय

केन्द्रबिन्दु
0
Shares

विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण सहायता दिने भएको छ। 

हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले  नेपालको स्वास्थ्य  गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो।

सो निर्णयसँग विश्व बैंकले करिब  १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो। स्वास्थ्य बिमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले यो बजेट खर्च गर्ने जनाइएको छ।

Logo