ब्युटिपार्लर जान नपाउँदा महिलाले गरिन् आत्महत्या

ब्युटिपार्लर जान नपाउँदा महिलाले गरिन् आत्महत्या

केन्द्रबिन्दु
0
Shares

गत बिहीबार भारतकाे मध्यप्रदेशस्थित इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन् । 

आफूलाई श्रीमान्ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए । 

रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन् । बिहीबार साँझ कामबाट घर फर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । -एएनआई

Logo