प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार एशाेसिएशन उत्रियो आन्दोलनमा

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार एशाेसिएशन उत्रियो आन्दोलनमा

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशाेसिएशनले आजदेखि आन्दोलन सुरू गरेको छ । 

प्रधानन्यायाधीश नियुक्ति लगायतका ८ वटा माग राखेर बारले आन्दोलन गरेको हो । यसअघि प्रधानमन्त्री र सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि केही प्रतिक्रिया नआएको हुनाले बारले पूर्व घोषित कार्यक्रम अनुरुप आइतबारबाट एक सातासम्म देशव्यापी आन्दोलनको सुरुवात गरेको हो ।

बार एशाेसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले १४ महिनासम्म सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति हुन नसकेको भन्दै नियुक्तिको मागसहित एक हप्ता आन्दोलन गर्ने घोषणा गर्ने बताए । 

बार एउटा जिम्मेवार संस्था भएको हुनाले सेवाग्राहीहरुलाई फरक नपर्ने हिसाबले १ घण्टा धर्ना कार्यक्रम गर्ने निर्णय गरेको पनि उनले बताए । 

उनले भने- ‘करिब एक वर्ष भयो गोला प्रथाको रुपमा सर्वोच्च चलेको, सिस्टममा गएको छैन् यसैबीचमा करिब १४ महिनादेखि सर्वोच्च हाम्रो आस्थाको धरोहर हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति हुन सकेको अवस्था छैन् । नेपालको प्रधानन्यायाधीश रिक्त अवस्थामा छ । राज्यले १४ महिना अदालत चलाए पनि नियुक्त हुन सकेको छैन् । हामीले आजबाट देशभर यो आन्दोलनको सुरुवात गरेका छौ । हामी सडकमा होईन १ हप्ता दवावमूलक कार्यक्रम जारी राख्ने छौ । त्यसपछि के कदम चाल्ने सोच्ने छौँ ।’ 

न्याय, कानून र न्यायालयसंग जोडिएका दर्जनौं मागका नाराहरु लेखिएको व्यानर बोकेर प्रदर्शनमा उत्रिएका बारका पदाधिकारीहरुले न्यायालयमाथि खेलबाड नगर्न सरकारलाई चेतावनी दिएका छन् ।  

Skip This
Skip This
Logo