राष्ट्रपति रामचन्द्र पौडेलले मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् ।
मुलुकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्गपनि लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।
विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको जिकिर गरेका हुन् ।
सन्देशमा भनिएको छ, ‘श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास मैले लिएको छु ।’































प्रतिक्रिया