नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ : शेखर कोइराला

नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ : शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले श्रमिकको हक, हित र अधिकार अगाडि बढाउन नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने बताए। 

“राज्यको नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गर्न सकेमात्र श्रमिकको अधिकार स्थापित हुन्छ,”-उनले भने, “अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था हुन सकेमात्र उनीहरूले न्याय पाउँछन्।”सम्पूर्ण श्रमिकको समस्या समाधान गर्न सरकारी तवरबाटै श्रम आयोग गठन गर्नसमेत नेता डा कोइरालाले माग गरेका छन् । 

Skip This
Skip This
Logo